दाङ, १६ बैशाख । कोरोना भाईरस संक्रमणको दोस्रो लहर सुरु भएसंगै दाङमा दैनिक एक जना कोरोना संक्रमितको मृत्यु हुनेको गरेको सरकारी तथ्याङकले देखाएको छ । जिल्ला आपतकार्य सन्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार बैशाख यता १५ गते सम्म १५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
बैशाख १ गते दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसपछि नौ दिन पछि बैशाख १० गते दुई जना, बैशाख ११ गते दुई जना, १२ गते दुई जना, १३ गते दुई जना, १४ गते तिन जना र १५ गते दुई जना संक्रमितको निधन भएको छ । यो तथ्याङकलाई हेर्दा जिल्ला कोरोना संक्रमणको भयावह स्थिति देखीन्छ । दिनहुँ संक्रमितको निधन हुने र संक्रमित थपिने क्रम बढेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।