तुलसीपु, २४ मंसीर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पातुखोलामा बन्ने पुलको शिलान्या गर्ने कार्यक्रम तय गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१० राइखलीयान र तुलसीपुर उपमहागनरपालिका–८ को टीकरी जोड्ने गरी पातुखोलामा निर्माण गर्न लागिएको पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरखबरलाई जानकारी दिए ।
पुलको शिलान्यास भाेली बिहान साढे आठ बजे गरिने भएको छ । राष्ट्रिय सभा सदस्य कोमल ओलीको पहलमा तुलसीपुरको चन्द्रगन्ज–टिकरी हुँदै राइखलीयान जोड्नेगरी सडक स्तरउन्नतीको काम अहिले धमाधम भइरहेको छ ।
दशकौ अघिदेखि गोरेटो बाटोका रुपमा रहेको उक्त सडकको चौडा गर्ने तथा नाला निर्माणको काम भइरहेको छ । पहिलो चरणमा राष्ट्रिय सभासदस्य ओलीको पहलमा संघिय सरकारबाट ४० लाख बजेट विनियोजन गरिएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।