२०८३ भाद्र २५ गते बिहिवार

चन्द्रगन्ज– राईखल्यान सडकको निर्माण कार्य सुरु

तुलसीपुर, २० कार्तिक /  तुलसीपुरको चन्द्रगन्जदेखि राईखल्यान जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय सभा सदस्य कोमल ओलीले वैद्धिक परम्परा अनुसार सडकको शिलान्यस गरेपछि सडकको निर्माणकार्य शुभारम्भ भएको हो ।

संघिय सरकारको ४० लाख लागतमा करिब १५ सय मिटर लम्बाई र ९ मिटर चौडाई रहेको सडकको निर्माण कार्य माघ मसान्त भित्र सम्पन्न गर्नेगरि विकास एण्ड विशाल निर्माण सेवाले डिभिजन सडक कार्यालय दाङसंग सम्झौता गरेको छ । पहिलो चरणमा ४ सय मिटर लम्बाई रहेको पक्की नाला निर्माण गरिने छ ।

दोस्रो चरणमा सडक कालोपत्रे गर्ने काम हुने सदस्य ओलीले बताउनुभयो । ‘यो बर्ष कोभिड–१९ का कारण एक करोड भनेकोमा ४० लाख मात्रै आयो ,’ राष्ट्रिय सभा सदस्य ओलीले भन्नुभयो –‘ अब करिब ३ करोड ल्याउने गरि तयारी संघिय मन्त्रालय र अर्थमन्त्रीसंग पनि कुरा चलिरहेको छ ।’ नेपाल कम्युनष्टि पार्टीको सरकार अब सबै कुरा छाडेर विकासलाई अघि बढाउने उद्देयका साथ अघि बढेको भन्दै सदस्य ओलीले दाङकै छोरी चेली भएकाले यो क्षेत्रका विकासका लागि लागि पर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।