२०८३ असोज ७ गते बुधवार

क्यान्सर पिडितलाई परियार एकता समाजद्धारा आर्थिक सहयोग

तुलसीपुर, २ कार्तिक/ परियार एकता समाज तुलसीपुरले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ राम नगर टोलमा बस्दै आएकी ४६ बर्षकी विष्णी दमाईलाई परियार एकता समाजले २५ हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष निर्मल परियारले जानकारी दिए ।

आर्थिक अभावमा बर्षदिन देखि उपचार नगरेर घरमै थलापरेकी दमाईलाई उपचारमा सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको समाजले बताएको छ ।

यस अघि पनि समाजले ५ हजार आर्थिक सहयोग गरेको सचिव मेघराज परियाले जानकारी दिए । आर्थीक अभावले उपचार नपाएर छट्पटाईरहेकी दमाईको उपचारमा सहयेग गर्न परियार समुदाय लगाएत अन्य समुदायलाई पनि एकता समाजले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।