२०८३ भाद्र २५ गते बिहिवार

ओभर लोडले घोराही – लमही सडक जिर्ण बन्दै

दाङ, २८ भदौ / सडकको क्षमत भन्दा ओभरलोड बोकी यातायातका सवारी साधन हिड्दा दाङको लमही घोराही सडक खण्ड पूर्णरुपले जिर्ण बन्दै गएको छ । सडकको क्षमता भन्दा ओभरलोड सामाग्री बोकी टिप्पर, दश र बाह्र चक्के ट्रक हिड्दा लमही घोराही पक्की सडक जिर्ण बन्दै गएको हो । प्राविधिकहरुका अनुसार उक्त सडकमा २१ टन सम्मका सवारी तथा मलबाहक साधनहरु संचालन गर्न मिल्छ ।

सडक डिभिजन कार्यालय दाङका सव ईञ्जिनियर महेश विश्वकर्माका अनुसार उक्त सडकमा सडकको क्षमता भन्दा बढि लोड भएको साधन आवतजावत गर्दा सडक प्रत्येक वर्ष मर्मत गरिहरनु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘हामीले सडक क्षमता मापन गर्ने हो । सवारी चेकजाँच गर्ने निकाय ट्राफिक प्रहरीको हो । यसरी प्रत्येक वर्ष सडक मर्मत गर्दा यात्रुले दुख पाउने, सडक टालटुलमा मात्रै सरकारको ठूलो रकम खर्च हुने गरेको छ ।’ उहाँले भन्नुभयो,–। ‘लमही घोराही सडक खण्ड सडकको क्षमता २१ टन मात्रै छ तर, यातायातका सवारी साधननै दश टनका हुन्छन्, त्यो बाहेक ट्रक र टिप्परले बोक्छन् २४ देखि २५ टन । सिमेन्ट कारखानाबाट सिमेन्ट लोड गरेर आउने ट्रक, मेशिन बोकेर आउने ट्रक र किल्निकर बोकेर हिड्ने ट्रक र टिप्परले ओभरलोड दुईसय टन बोकेर समेत हिड्ने गरेका छन्, जस्ले गर्दा लमही घोराही सडक जिर्ण बनेको छ ।’

लमही घोराही सडक खण्ड २३ किलोमिटर रहेको छ । मसोटखोला देखि माथि उक्लीने प्रत्येक घुम्तीमा खाल्डाखुल्डी रहेको छ । सडक मर्मतमा कसैको चासो देखिदैन । जस्ले गर्दा वर्षैनि सडक चिरा पर्दै गएको र सवारी दुर्घटनाको जोखिम बढ्दै उतिकै बढ्दै गएको घोराही उप–महानगरपालिका वडा नम्बर ३ निवासी खिम पुनले बताउनुभयो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मालबाहक यातायातका सवारी साधनले क्षमता भन्दा ओभरलोड बाकी भेटिएको पाइएमा जरिवाना काट्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–। हामीले मालबाहक सवारी साधानको रुटप्रमिट(अनुमतिपत्र) हेर्ने हो । सोही पत्रअनुसार जरिवाना काट्ने हो । त्यो भन्दा हामीलाई अन्य अधिकार छैन ।’

लमही घोराही सडक खण्डमा सुख्खा पहिरो, एकतर्फी संचालनमा

लमही घोराही सडक एक्कासि सुख्खा पहिरो गएको छ । जस्ले गर्दा यातायातका सवारी साधन आवतजावतमा दुर्घटनाको जोखिम उत्पन्न भएको छ । आइतवार विहान पाँच बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर र बेलदमारको बिचमा पर्ने पक्की सडक एक्कासि भासिदा यातायातका सवारी साधन आवतजावतमा दुर्घटनाको जोखिम बढेको हो ।

लमही सडक खण्डमा सुख्खा पहिरो जादा करिब विस लाखको क्षती भएको सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर महेश विश्वकर्माले जानकारी दिनुभयो । सडकको दायाँ पट्टीको छ मिटरको बाल पुरै भासिएको छ । सडक भासिदा दुबै तर्फ चिराचिरा परेको छ । लमही घोराही सडक खण्ड अहिले एकतर्फी संचालनमा छ ।।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।