पवित्रकुमार शाही
सुर्खेत । जजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ रत्नराजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा यात्रुबहाक बस दुर्घटना भएको हो । बस दुर्घटनामा अहिलेसम्म ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले उपचारका क्रममा दुईजनाको मृत्यु भएको जनाए । घटना स्थलमा एकजना महिलाको मृत्यु भएको थियो ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने एमाले मोडमा ना ४ ख ९३ १७ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको थियो । गाडीमा चालक सहित ३० जना सवार भएकोमा ३ जनाको मृत्यु भएको र २७ जना घाईते भएका प्रहरीले जनाएको छ । गाडि चालक घाईते अवस्थामा प्रहरीले नियन्त्रणमा राखेको छ ।
यात्रुवाहाक गाडी आज विहान ३ बजेतिर दुर्घटना परेको हो । घाईतेहरुको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुर लगायत स्थानिय मेडिकलमा उपचार भईरहेको जनाएको छ । ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । विस्तृत विवरण संकलन भईरहेको प्रहरीको भनाई छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।