२०८३ मङ्सिर १२ गते शनिवार

ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, पाँच जना घाइते

बाजुरा,१२ मंसिर । बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दुर्घटनामा परी जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया रामशरा देवी सिंह को मृत्यु भएको छ ।हिजो  पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर  जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटनामा दुर्घटना भएको हो ।

ट्र्याक्टरमा चालकसहित सात जना सवार थिए ।दुर्घटनामा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ट्र्याक्टर चालक नवीन बोहरा,बाजुराको जगन्नाथ गाउँपालिका–३ का ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगिता शाही   घाइते भएका छन् ।घाइते पाँचै जनालाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।