२०८३ मङ्सिर ११ गते शुक्रवार

खाना बन्द भएपछि चाउचाउ र चिउरा खाएर भोक मेटाउँदै सुकुमवासी

काठमाडौं,११ मंसिर ।  भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूले सरकारको निर्देशनको विरोध गर्दै प्रदर्शन गरेका छन्। शुक्रबार बिहानैदेखि उनीहरूले थाल ठटाएर विरोध जनाउँदै वृद्धवृद्धा र बालबालिकासहित धर्ना दिएका हुन्। सरकारले दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरू आक्रोशित बनेका छन्।

सरकारले खाना उपलब्ध गराउनसमेत बन्द गरेपछि सुकुमवासीहरू चाउचाउ र चिउरा खाएर भोक मेटाउन बाध्य भएका छन्। गत वैशाखमा नदी किनारबाट हटाइएका उनीहरूलाई सरकारले काठमाडौंको नागार्जुन तथा भक्तपुरको बोडे र खरिपाटीमा अस्थायी बसोबासको व्यवस्था गरेको थियो। सात महिनादेखि बस्दै आएका उनीहरूलाई बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र खाली गर्न निर्देशन दिइएपछि समस्या उत्पन्न भएको हो।

प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।