२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुर १६ का कृषकलाई जैविक विषादी उत्पादन र प्रयोगसम्बन्धी तालिम

फोटो फाईल

तुलसीपुर, १० मंसिर । रासायनिक विषादीको प्रयोग घटाउँदै विषादीरहित तथा अर्गानिक तरकारी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१६ का स्थानिय कृषकहरुलाई जैविक विषादी उत्पादन र प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको दुईदिने तालिमको बिहीबार एक कार्यक्रमका बीच समापन गरिएको हो । तालिममा स्थानीय कृषकलाई घरमै उपलब्ध हुने विभिन्न वनस्पति तथा जैविक स्रोतको प्रयोगबाट विषादी तयार गर्ने विधि, त्यसको प्रयोग गर्ने तरिका र यसबाट हुने फाइदाबारे प्रशिक्षण दिइएको थियो ।

मिलिजुली कृषक समूहका अध्यक्ष विनोद चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाको कृषि समितिका सदस्य रिखा शर्माको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।  तरकारी खेती गर्दै आएका २५ जना स्थानीय कृषकहरुको सहभागिता रहेको तालिममा कृषि विकास शाखाका प्रमुख कुलराज चौधरी, अधिकृत छैटौँ शंकर न्यौपाने र केशव केसीले प्रशिक्षण दिनुभएको थियो  । तालिम मार्फत कृषकलाई रासायनिक विषादीको विकल्पका रूपमा जैविक विषादी उत्पादन तथा प्रयोग गर्न सक्ने सीप प्रदान गरिएको छ । यसले उत्पादन लागत घटाउन, माटो तथा वातावरणको संरक्षण गर्न र उपभोक्तालाई स्वस्थ तरकारी उपलब्ध गराउने अभ्यासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।