२०८३ मङ्सिर १० गते बिहिवार

सुनको भाउ आज फेरी बढ्यो

काठमाडौ, १० मंसीर । केही दिनदेखि सुनको भाउमा उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ हिजो तोलाको ३ हजार ४० रुपैयाँ थियो ।यसअघि लगातार १० दिनसम्म घटेको सुनको भाउमा फेरि उतारचढाव देखिन थालेको हो ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।