२०८३ मङ्सिर १० गते बिहिवार

चार जिल्लामा लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

फोटो फाईल

काठमाडौ, १० मंसीर । नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा काभ्रे प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक र काठमाण्डौका विभिन्न ठाउँमा शृङ्खलाबद्ध लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा संगीता तामाङ, वीरध्वज तामाङ, नवराज घिमिरे विक र प्रवीण सुनुवार छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले विशेषगरी वृद्धवृद्धा तथा महिलालाई निशाना बनाउने गरेका थिए ।

उनीहरूले खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि पीडितसँग भएका सुनका गरगहना, नगद तथा मोबाइल लुटेर लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लुटिएको सुन पगालेर स्वरूप परिवर्तन गरिएको अवस्थामा नवराज घिमिरेलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।