२०८३ कार्तिक २० गते शुक्रवार

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु

फोटो फाईल

कात्तिक,२० काठमाण्डौ । नेपालीको दोस्रो ठूलो चाड शुभदिपावली तथा तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा धनतेरस मनाइन्छ ।  पछिल्ला केही वर्षयता काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि धनतेरस मनाउने चलन शुरु भएको छ । धनतेरसमा बेलुकी घरघरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ ।

आज धनतेरससँगै यमदीपदान गरिन्छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । पर्सि २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।