काठमाण्डौं,१९ कात्तिक । आज सुनको भाउ तोलामा १३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।
हिजो तोलाको २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २६५ रुपैयाँ बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।