काठमाडौ, २३ बैशाख । उद्योग तथा व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ । महासंघको ६०औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । उहा चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षमा जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनु भएको छ ।
यस्तै वस्तुगततर्फ एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ , एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित हुनु भएको छ । जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित हुने प्रावधान अनुसार अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित हुनु भएको छ ।
जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित हुनु भएको छ भने प्रदेशतर्फ जिल्लारनगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित हुनु भएको हो । महासंघका पदाधिकारीको कार्यकाल तीन वर्षको हुनेछ ।


















