२०८३ बैशाख १२ गते शनिवार

विश्वकप लिगमा नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

फोटो फाईल

काठमाडौँ,१२ बैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा युएईलाई नेपालले २ सय १ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २ सय रनमा अलआउट भयो।नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरिले उत्कृष्ट ब्याटिङ गर्नुभयो ।

उहाले ९० बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन गर्नुभयो ।नेपालका ओपनर कुशल भुर्तेल २४ रनमा आउट हुनुभयो । बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ र भिम सार्कीले १० रन थप्नु भएको थियो । आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाउनुभयो । अब युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया