२०८३ बैशाख ११ गते शुक्रवार

सल्यानमा १ हप्तादेखी हराएकी महिला मृत फेला

सल्यान, २१ पुष ।  सल्यानमा एक हप्तादेखी हराइरहेकी एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिका–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । उहाँका छोरा गोपाल घर्ती र अन्य गाउँलेहरूले खोजतलासका क्रममा कपुरकोट–४ खामे लेकको थर्कोट नजिकमा फेला पारेको कपुरकोट–४ का वडाअध्यक्ष मित्र कठायतले जानकारी दिनुभयो ।

यही पुस १४ गतेदेखि उहाँ घरबाटै हराएकोमा खोजीको क्रममा घरपरिवार र स्थानीयले भेटाएको वडाअध्यक्ष कठायतले बताउनुभयो । प्रहरीका अनुसार मृतक कृष्णीको मानसिक अवस्था पहिलेदेखि नै ठिक नभएको बुझिएको छ । यद्यपी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया