२०८३ भाद्र ११ गते बिहिवार

नेपाल टी–२० विश्वकप छनोटको नजिक

काठमाण्डौँ, २८ असोज ।  टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप छनौट नजिक पुगेको छ । हिजो भएको खेलमा नेपालले कतारलाई ५ रनले हराएको हो । नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एक सय ४२ मा अल आउट भएको हो ।

सन्दीप लामिछानेले ३ ओभर ५ बल बलिङ गर्दा १८ रन खर्चेर ५ विकेट लिनुभयो । टी–२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विकेट लिएको सन्दीप लामिछानेको यो दोस्रो पटक हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । सुपर ६ मा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो । नेपालले अन्तिम खेल आउँदो शुक्रवार सामाओसँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया