
काठमाडौँ, १३ असोज । अर्थ मन्त्रालयले ठूलो रकम घरमा नराख्न आग्रह गर्दै भुक्तानीका लागि विद्युतीय कारोबारलाई प्राथमिकता दिन आह्वान गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै सम्भव भएसम्म कारोबार विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरेको हो । मन्त्रालयका अनुसार केही व्यक्तिले स्रोत नखुलेको रकम निवास वा अन्यत्र लुकाएको बारेमा सम्पत्ति शुद्धिकरणको अनुसन्धान भइरहेको छ ।
तर, प्रचलित कानुनअनुसार आय आर्जन भएको र स्रोत खुलेको रकम भने आफूसँग राख्न कुनै व्यवधान नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार