२०८२ असोज २६ गते आइतवार

 नेप्से बढ्यो तर कारोबार घट्यो

काठमाडौँ, १२ असोज । दशैँ बिदाअघि नेप्से परिसूचक आज ११.५१ अंकले बढेर २,६६३.५१ विन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयरमा सयभन्दा बढी अंकको बढोत्तरी देखिएको छ । कुल १७० कम्पनीको शेयर बढ्दा ६९ कम्पनीको घटेको छ ।

ग्लोबल आईएमई समुन्नति योजना–२ को शेयर १० प्रतिशतले बढेको छ भने सिकलेस हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज ३ सय १४ कम्पनीका ७५ लाख ११ हजार कित्ता शेयर २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएका छन् ।

शेयर बजार अब दशैँ बिदापछि असोज १९ गते आइतवार खुल्नेछ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया