२०८३ मङ्सिर ९ गते बुधवार

नेवा देय दवु तुलसीपुरको रजत महोत्सवमा रक्तदान कार्यक्रम

तुलसीपुर, ५ असोज। नेवा देय दवु तुलसीपुर नगर समितिको रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम तुलसीपुरस्थित कालिकादेवी रक्त सञ्चार सेवा केन्द्रमा सम्पन्न भएको छ। कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता अध्यक्ष शिव श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेवा देय दवु केन्द्रीय उपाध्यक्ष नरेश कुमार राजभण्डारी उपस्थित हुनु भएको थियो। उहाँले रक्तदानलाई मानवताको महत्वपूर्ण कार्य भन्दै यस प्रकारका कार्यक्रमले समाजमा रक्तदानको जागरण फैलाउने उल्लेख गर्नुभयो।

संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदृष्टी श्रेष्ठले रक्तदानको महत्त्वबारे जानकारी दिँदै प्रत्येक स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, रक्तदान समाजप्रति गरिएको महत्वपूर्ण योगदान हो। रगत केवल स्वेच्छिक रक्तदाताबाट मात्र प्राप्त गर्न सकिन्छ। नियमित रक्तदान गर्नेले समाजमा जीवनदाताको भूमिका निर्वाह गर्छन्।

सचिव तुफानबाबु श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस कार्यक्रमले रक्त सञ्चार सेवामा रगतको अभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।