२०८३ मङ्सिर ९ गते बुधवार

पश्चिम दाङका चार पालिका दमकलविहीन

तुलसीपुर, ६ असोज । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा तुलसीपुर उपमहानगरपालिकाको नयाँ दमकलसहित जेटपम्प ट्याक्टर जलेर ध्वस्त भएको छ। यससँगै शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाले समेत भर पर्नुपर्ने दमकल नष्ट भएपछि चार पालिका दमकलविहीन बनेका छन्।

विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीका अनुसार पहिलेको पुरानो दमकल बिग्रिएको थियो भने नयाँ खरिद गरिएको करिब तीन हजार लिटर क्षमताको दमकल र वैकल्पिक ट्याक्टर आन्दोलनकै क्रममा जलेका हुन्। उनका अनुसार विपद् व्यवस्थापनका अन्य सामग्री र सवारीसाधन पनि जलेर नष्ट भएका छन्।

नयाँ दमकल खरिद गर्न करिब ७५–८० लाख रुपैयाँ आवश्यक पर्ने भएकाले तत्काल व्यवस्थापन चुनौती बनेको छ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।