२०८३ मङ्सिर ९ गते बुधवार

झाडीले पुरिँदै ऐतिहासिक दङ्गीशरण दरबार

दाङ, २ असोज । दाङको तुलसीपुर–११, सुकौराकोटस्थित ऐतिहासिक दङ्गीशरण दरबार संरक्षण अभावका कारण झाडीले ढाकिँदै गएको छ । सरसफाइ नहुँदा पर्यटकहरू भित्र पस्नै नसक्ने अवस्थामा पुगेका छन् भने स्थानीयहरू दरबारको उपेक्षाप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।

थारू राजा दङ्गीशरणले राज्य सञ्चालन गरेको किम्बदन्ती रहेको दरबार करिब तीन बिघा क्षेत्रमा फैलिएको छ । यहाँका पोखरी, मन्दिर र पूजाआजासम्बन्धी स्थलले यसलाई धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण बनाउँछन् । तर, उत्खननबाट फेला परेका परम्परागत सामग्री संरक्षण अभावमा नष्ट हुने जोखिममा छन् । थारू अगुवाहरूले दरबारमा बनाइएको भ्यू टावर मौलिक स्वरूप हराउने गरी गरिएको भन्दै आपत्ति जनाएका छन् । स्थानीयहरूले बारम्बार बजेट छुट्याइए पनि काम नगरी अलपत्र पारिएको आरोप लगाएका छन् ।

वडाध्यक्ष मानवबहादुर रावतले दशैं–तिहारपछि सरसफाइसहित दरबार क्षेत्रको विकास गर्ने तयारी भइरहेको बताए । उनका अनुसार संघीय र प्रदेश सरकारबाट आएको करिब चार करोड बजेट टेण्डर प्रक्रियामार्फत खर्च गरिनेछ । तर, संरक्षणमा राज्य अझै उदासीन रहेको स्थानीयहरूको गुनासो छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।