तुलसीपुर, २९ भदौ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, तुलसीपुर शाखाले जेन–जी आन्दोलनप्रति प्रतिक्रिया जनाउँदै शान्तिपूर्ण सहकार्य र पुनर्निर्माणमा सबैलाई एकजुट हुन आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष लाल बहादुर के.सी. र महासचिव भद्र बहादुर ओलीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै व्यवसाय, साना उद्योग र श्रमिकहरू गम्भीर रूपमा प्रभावित भएकाले आर्थिक गतिविधि पुनः सञ्चालनका लागि सबै सरोकारवालालाई संयमता, धैर्यता र दूरदर्शिता अपनाउन आह्वान गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ८“प्राप्त उपलब्धिको रक्षा र देशको समृद्धिको यात्रा संयम, सहकार्य र समझदारीबाट मात्र सम्भव छ। अब हिंसा र विघटन होइन, एकता, पुनर्निर्माण र भविष्यप्रतिको विश्वासमार्फत अगाडि बढ्नुपर्छ।”





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।