
दाङ, २७ भदौ। काठमाडौँसहित देशका विभिन्न स्थानमा भड्किएको विरोध प्रदर्शन र तोडफोडका घटनापछि दाङमा आज पनि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले शुक्रबार अपरान्ह ५ बजेबाट शनिबार ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विरोध प्रदर्शन, जुलुस तथा भिड अनियन्त्रित भई हिंसात्मक तथा ध्वंसात्मक प्रवृत्ति लिँदै सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय र व्यक्तिको सम्पत्तिमा तोडफोड तथा आगजनी हुने अवस्था सिर्जना भएको हुँदा जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।”
कर्फ्यू आदेशअनुसार तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन । जिल्ला सुरक्षा समितिले तोकेको क्षेत्र बाहयक सबै ठाउँमा सहजरुपमा आवतजावत गर्न पाइने छ ।
कर्फ्यू तोकिएका क्षेत्रहरूः
राप्ती गाउँपालिकाः प्रदेश सभा तथा मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्रसहित भालुवाङ बजार ।
पश्चिमः गोपीनाला
पूर्वःभालुवाङ पुल
घोराही उपमहानगरपालिका क्षेत्रः
पश्चिमः झिगौरा चोक
दक्षिणः प्रहरी बोर्डिङ स्कूलदेखि गोरखा बोर्डिङ स्कूल नजिकको कटुवा खोला पुल
पूर्वः मितेरी हस्पिटलदेखि रझेना स्कूलसम्म
उत्तरः फुर्सेकाली, ढोरेनी स्कूलदेखि सेवार खोला पुलसम्म
तुलसीपुर उपमहानगरपालिका क्षेत्रः
पूर्वः हात्ती खौवा
पश्चिमः कृष्ण मन्दिर
उत्तरः आँखा अस्पताल
दक्षिणः विमानस्थल (एयरपोर्ट)
लमही नगरपालिका क्षेत्रः
पूर्वः अर्नवा
पश्चिमः अर्जुन खोला पुल
दक्षिणः कोलही पुलसम्म