तुलसीपुर, २५ साउन ।
दाङको तुलसीपुरबाट एक बालिका हराएको परिवारले जनाएको छ । तुलसीपुर ११ कटाहा निवासी १५ बर्षिय बालिका मनिसा डाँगी यही साउन २४ गते शनिबारदेखि हराइरहेको बुवा जीत बहादुर डाँगीले जानकारी दिनुभयो ।
सनिबार दिउँसो करिव २ वजेतिर साथीलाई भेट्न जान्छु भनी घरबाट निस्किएकी बालिका अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उहाँले बताउनुभयो । न्यू शान्ति बोडिङ स्कुल ११ कटाहा कक्षा ९ मा अध्ययन गर्दै आएको पारिवारले जनाएको छ ।
‘आफन्ती सबैसँग सोधपुछ गरिसकिम कतै पनि आएकी छैन भन्छन् । नानी पढ्ने विद्यालयमा पनि गएर सबै साथीहरुलाई सोधपुछ गर्दा थाहा छैन भन्छन् ।’ –उहाँले भन्नुभयो । कहिले पनि एक्लै घरबाट कतै नकिस्किएकी छोरी एक्कासी सम्पर्क विहीन भएको जीत बहादुरले बताउनुभयो । फोन सम्पर्क गर्न खोज्दा फोन गएरहेको तर फोन नउठेकाले छोरीको खोजीका लागि सबैमा आग्रह गर्नु भएको छ ।
इलाका प्रहरी कार्यालयमा पनि छोरीको खोजीका लागि विनेदन दिएको बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले मनिसा डाँगी हराएको निवेदन आएकाले खोजीका लागि होलिया कटाएको र मोवाइलबाट लोकेशन स्थान पत्ता लगाउने काम भइरहेको जनाएको छ ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।