२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

तुलसीपुर, ८ श्रावन ।  दाङको तुलसीपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । द फोर्स ट्रेनिङ सेन्टरको आयोजनामा यही श्रावन २३ गतेदेखी २५ गतेसम्म दोस्रो लाहुरे कप २०८२ अन्र्तगत पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा बिजेता हुने टिमलाई ३० हजार र उप–बिजेता हुनेलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

टिम दर्ता दर्ता सुल्क ३५ सय राखिएको र श्रावन २२ गते साझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने अध्यक्ष गोरख भण्डारीले जानकारी दिनुभयो । साथै एकजना उदयमान खेलाडीलाई द फोर्स ट्रेनिङ सेन्टरमा निसुल्क सैन्य तालिम सिकाइने र उत्कृष्ट खेलाडीलाई माउन्टेन एकेडेमी एण्ड ट्रेनिङ सेन्टरबाट निसुल्क बेसिक कम्प्युटर तालिम दिइने उहाँले बताउनुभयो । तुलसीपुर–९ दोघरेस्थित द फोर्स ट्रनिङ सेन्टरको आफ्नै ग्राउण्डमा प्रतियोता सञ्चालन हुने बताइएको छ ।।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया