२०८३ भाद्र २३ गते मङ्गलवार

तुलसीपुरमा २० लाख लागतमा पक्की नाला निर्माण

तुलसीपुर, ५ असार । दाङको तुलसीपुर –७ जनजागृति टोलमा पक्की नाला निर्माण गरिएको छ । २० लाख लागतमा करिब २ सय मिटर पक्की नाला निर्माण भएको नेकपा एमाले तुलसीपुर –का वडा कमिटी अध्यक्ष खेमराज विश्वकर्माले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सांसद रेखा शर्माको संसद् विकास कोषबाट उक्त नाला निर्माण भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

यसैबीच नवनिर्मित नालाको प्रदेश सांसद रेखा शर्मा, वडा अध्यक्ष राम बहादुर जिसी, सदस्य मान बहादुर राना, दिवानी चौधरी लगायत टोलबासीहरुले संयुक्त रुपमा अनुगमन गरेको टोलका अध्यक्ष मनीकर्ण पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।