लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै मधेश प्रदेशले १६ वर्षमुनिको टीबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटाएको थियो । मधेशका ताहिर अन्सारीले १३, राहुल पासवानले १२ रन बनाउनुभयो । लुम्बिनीका सुरज यादव र कप्तान सन्दीप थापाले २र२ विकेट लिनुभयो ।
यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर ५० रन बनायो । लुम्बिनीका आरोनजङ्ग गिरीले नटआउट २९, जोन ओलीले ११ रन बनाउनुभयो । मधेशका कृष्ण महतोले भने ३ विकेट लिनुभयो ।।
प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार





