२०८३ कार्तिक ८ गते शनिवार

राप्तीमा शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयको मुलगेटमा प्रदर्शन

भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिका क्षेत्रमा पछिल्लो समय चोरी र लागुऔषध प्रयोगकर्ता बढ्न थालेका छन् । चोरी र लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा स्थानीयहरुले आफुहरुलाई असुरक्षा भएको भन्दै स्थानीयहरुले प्रहरी सँग शान्तिसुरक्षाको माग समेत गर्न थालेका छन् । बिहिवार स्थानीयहरुले राप्ती गाउँपालिका–१ पाखापानी देखि भालुवाङ स्थित इलाका प्रहरी कार्यालयको मुलगेट सम्म विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन समेत गरेका छन् । विशेष गरि राप्ती गाउँपालिका–१ पाखापानीमा पछिल्लो समय चोरीका घटनाहरूमा तीव्र वृद्धि भएपछि स्थानीय बासिन्दाहरू आन्दोलित बनेका छन् । चोरीका घटना दिनप्रतिदिन बढ्दै गइरहेको र त्यसमा विशेषगरी लागूऔषध सेवन गरेका युवाहरू संलग्न रहेको आशंका सहित बिहिवार व्यापक विरोध प्रदर्शन गरिएको हो ।

 

स्थानीयहरूले पैदलयात्रा र मोटरसाइकल ¥यालीको आयोजना गर्दै भालुवाङ प्रहरी कार्यालयमा पुगेर घेराउ गर्दै विरोध जनाएका छन् । उनीहरूले यस्ता घटनाहरूले गाउँमा असुरक्षा फैलाएको बताउँदै तत्काल सुरक्षा व्यवस्थालाई कडाइ गर्न माग समेत गरेका छन् । प्रदर्शनमा सहभागीहरूका अनुसार, लागू औषध प्रयोगले युवा पुस्ता गलत क्रियाकलापतर्फ आकर्षित हुँदै गएकाले यसलाई रोक्न प्रहरी प्रशासनले गम्भीर कदम चाल्नुपर्ने माग गरेका छन् ।

यता इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले आफु कार्यालय प्रमुख भएर आएदेखि जनताको शान्ति सुरक्षामा कडाईका साथ लागेको भएपनि नागरिकहरुले पनि सचेतना नअपनाउँदा चोरीको घटना बढ्दै गएको बताउनु भयो । उहाँले नागरिकहरुलाई आफ्नो घरको झ्याल ढोका खुल्ला नराखी मजबुद गरेर बन्द गरे चोरीका घटनामा कमी आउने बताउनु भयो । त्यस्तै उहाँले चोरीका घटनामा संलग्न केहि बालबालिकाहरुलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडी बढाएको बताउनु भयो । उहाँले शान्ति सुरक्षाका सम्बन्धमा सवै नागरिकले प्रहरीलाई समयमा सुचना दिने र सहयोग गरेमा बढ्दो चोरीका घटनामा कमी आउने बताउनु भयो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।