२०८३ भाद्र १० गते बुधवार

नेपाल सुपर लिगमा पोखरा प्लेअफमा प्रवेस

काठमाण्डौ, ३ बैशाख ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो । लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्लेअफमा प्रवेश गरेको छ ।

पोखराले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ । पराजित बुटवल भने एक अङ्कसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । यसअघि ललितपुर सिटी र धनगढी एफसी प्ले अफमा पुगिसकेका छन् । नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी र झापा एफसी खेल्दैछन् ।।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया