लमही, १० चैत । सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनको जीत हासिल गरेको हो ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको सातौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र पुछारमा रहेको कोशी प्रदेश टीम बीच खेल जारी छ । अहिलेसम्म ८ खेल खेलीसकेको सुदूरपश्चिम ३ मा जीत र ५ मा हार व्यहोर्दै ६ अंकका साथ सातौँ स्थानमा यथावत छ भने समान ८ खेल खेलीसकेको कोशी प्रदेश १ खेलमा जीत र ७ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवौँ स्थानमा छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड रोविनका आधारमा भईरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।





