२०८३ भाद्र ११ गते बिहिवार

 भायानेट मैत्रीपूर्ण फुटबलको उपाधि पत्रकार महासंघ दाङको पोल्टामा 

दाङ,२८ फागुन ।  होली पर्वको अवसरमा तुलसीपुरको अरनिको मैदानमा आयोजित भायानेट मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार महासंघ दाङको पोल्टामा परेको छ ।  तुलसीपुरको अरनिको मैदानमा आयोजित खेलमा पत्रकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४/२ को जित हात पारेको हो ।

खेलको पहिलो हाफमा पत्रकार टोलीले आक्रामक प्रदर्शन र्‍यो । सुमन केसी र शरद विष्टले क्रमशः एक/एक गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए । दोस्रो हाफमा पनि पत्रकार टोली उस्तै लयमा रहँदै हिमाल महरा र कपिल लामिछानेले थप दुई गोल गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याए

भायानेट टोलीले पनि उत्कृष्ट खेल कौशल देखाउँदै प्रतिस्पर्धात्मक खेल प्रस्तुत र्‍यो । टोलीका रेवन्त थापा र नारायण परियारले एक/एक गोल गर्दै खेललाई रोमाञ्चक बनाउने प्रयास गरे । तर, पत्रकार टोलीको मजबुत रणनीति र समन्वयका कारण उनीहरू हार टार्न असफल भए ।

प्रतियोगिता सुरु हुनुअघि खेलको उद्‌घाटन तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खडका र नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेतले गर्नुभएको थियो ।

सोअवसरमा बोल्दै प्रमुख अतिथि मेयर खडकाले मैत्रीपूर्ण प्रतियोगिताले खेलकुदको प्रवर्द्धन गर्नका साथै आपसी सम्बन्ध मजबुत बनाउन मद्दत पुग्ने बताउनुभयो ।  भायानेट तुलसीपुर शाखाका प्रमुख विकास बस्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया