२०८३ भाद्र १० गते बुधवार

महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै

काठमाडौँ, २४ माघ ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल अङ्कविहीन हुँदै पुछारमा छ ।

नेपालले यसअघिका ५ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स ३ पटक र थाइल्यान्डसँग २ पटक पराजित भएको छ । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ ।।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया