२०८३ भाद्र १२ गते शुक्रवार

महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ, २ मंसिर ।  १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यसअघि नेपालले हिजो पाकिस्तानलाई छ विकेटले हराएको थियो । यस्तै अस्ति उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो ।

पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो । एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् । दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया