२०८३ भाद्र १२ गते शुक्रवार

विश्वकपमा नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाण्डौं, १६ मंसिर ।  नेपाललाई हराउँदै आयोजक पाकिस्तान नेत्रहीन टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुल्तानमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले नेपाललाई १० विकेटले हराएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले पाँच ओभर तीन बलमा एक विकेट पनि नगुमाई भेटायो । पाकिस्तानका कमरन अख्तरले ६३ र बाबर अलीले २८ रन बनाउनुभयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका दुर्गादत्त पौडेलले ४० रन बनाउनुभयो । पाकिस्तानका मती उल्लाहले तीन विकेट लिनुभयो । प्रतियोगिताको दोस्रो सेमिफाइनमा दिउँसो १ बजे बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । सन् २०१२ देखि नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुँदै आएको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको थियो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया