२०८३ भाद्र १२ गते शुक्रवार

एसिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं, १६ मंसिर ।  युनाईटेड अरब इमिरेट्स (युएई) मा जारी १९ वर्षमुनिको एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । नेपाल र बङ्गलादेशबीचको खेल युएईको दुबई क्रिकेट स्टेडियममा बिहान १०ः४५ मा सुरु हँुदैछ । पहिलो खेलमा श्रीलङ्कासँग पराजित नेपाल बङ्गलादेशलाई हराउँदै पहिलो जितको खोजीमा रहेको छ ।

उता, पहिलो खेलमा अफगानिस्तानमाथि जित हात पारेको बङ्गलादेश यस खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउँन चाहान्छ । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्गलवार अफगानिस्तानसँग खेल्नेछ । खेल ५० ओभरको हुनेछ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया