२०८३ भाद्र १२ गते शुक्रवार

टी–२० क्रिकेटको उपाधि क्यानडाले जित्यो

काठमाडौँ, १८ असोज ।  नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ । गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको हो । ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेटाएको हो । क्यानडाका लागि निकोलस किर्तोनले २० रन बनाउनुभयो । ओमानका कलीमुल्लाह र अकिब इलियासले समान २ विकेट लिनुभयो ।

यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भएको थियो । ओमानका अकिब इलियासले सबैभन्दा धेरै ३५ रन बनाउनुभयो । क्यानडाका अखिल कुमार र प्रभीन कुमारले समान ३ विकेट लिनुभयो । त्रिदेशीय टी–२० शृङ्खलामा क्यानडाले ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो र ओमान ४ खेलमा २ अङ्कसहित अन्तिममा रहेको छ ।।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया