काठमाण्डौं, ८ भदौ । २० वर्ष मुनीको साफ च्याम्पियनशिप अन्तर्गत पहिलो सेमिफाइनलमा भोलि नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
यस्तै, दोस्रो सेमिफाइनलमा सोमवार भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाको कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।।
प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार





