२०८३ मङ्सिर ११ गते शुक्रवार

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तुलसीपुर २५,साउन ।  नेपाल मानव धर्म सेवा समिति शाखा तुलसीपुर दाङद्वारा गरिब तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ५ सुन्दरपुरमा रहेको ज्ञानज्योति आधारभुत विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका १ सय जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विभिन्न अवसरहरू पारि देशभर सञ्चालन हुँदै आइरहेको “मिसन एजुकेसन” कार्यक्रम अन्तर्गत नेपाल मानव धर्म सेवा समिति शाखा तुलसीपुर दाङले पनि माता श्री अमृता जी को जन्मोत्सवको अवसरमा आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव चन्द्र बहादुर वलीले बताउनुभएको छ ।

सो अवसरमा नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी क्षेत्र आश्रम प्रभारी महात्मा चाँदना बाइजी पछिल्लो समय बालबालिकाहरूमा संस्कार र नैतिकता कम हुँदै गएकाले यसप्रति अभिभावक र शिक्षक ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको थियो । यस्तै आफ्ना छोराछोरीहरूलाई सम्पती भन्दा शिक्षा सँगसँगै संस्कार दिन सके जीवनमा कहिल्यै दुःखी हुनु नपर्ने बताउनुभएको थियो ।
यस्तै विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले अहिले मानव भित्र धर्मको भावना हराउँदै गएकाले यस्ता आध्यात्मिक कार्यक्रमहरूको आवश्यकता रहेको भन्दै विपन्न तथा गरिब विद्यार्थीहरूले पाएको शैक्षिक सामाग्रीले उनीहरूमा हौसला मिल्ने बताउनुभएको थियो । नेपाल मानव धर्म सेवा समितिले देशभर विभिन्न सामाजिक कार्यसँगै आध्यात्मिक जानगरणका कार्यहरु गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।