२०८३ भाद्र ११ गते बिहिवार

महिला भलिबल लिगमा नेपालको पहिलो हार

काठमाडौं, २१ श्रावन ।  काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार बेहोरेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो । नेपाललले पहिलो सेट १६–२५ ले गुमाएको थियो । तर दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई १–१ को बराबरीमा पुर्‍यायो ।

तेस्रो सेटमा इरानले २५–२३ ले जित्यो भने चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । पाँचौ सेटमा फेरि इरानले १५–१३ ले जित्दै नेपाललाई हराएको थियो । इरानले ४ खेलबाट ७ अङ्क बनाउँदा नेपालले ३ खेलबाट ६ अङ्क बनाएको छ । भारतसँग ७, श्रीलङ्कासँग ४ र माल्दिभ्स अङ्क विहिन छ । नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् ।।

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया