२०८३ भाद्र १२ गते शुक्रवार

महिला भलिबल लिगमा आज नेपाल र भारतबिच खेल हुदै

काठमाण्डौं, १९ श्रावन ।  काभा महिला भलिबल लिगमा आज नेपाल र भारत खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालको तीन अङ्क रहेको छ ।

भारतले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको भारत अङ्क तालिकाको शीर्षस्थानमा छ । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया