काठमाण्डौं, १८ श्रावन । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।।
प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार





