काठमाडौं, १४ श्रावन । श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि जितेको छ । हिजो भएको दोस्रो खेल भारतले डकवर्थ–लुइस–स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो । वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ ओभर ३ बलमा ३ विकेट गुमाएर जितेको हो ।
त्यसअघि श्रीलङ्काको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । भारतले पहिलो टी–२० आईमा ४३ रनको जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको छ ।।
प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार





