२०८३ भाद्र १३ गते शनिवार

महिला भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

काठमाण्डौ, ४ श्रावन ।  काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार रहेको बताइएको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपाल किर्गिस्तानसँग २७–२५, २५–२३ र २५–१७ ले पराजित भएको हो ।

पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ ले हारेको थियो । अन्तिम खेलमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपाल, माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का सहभागि छन् । प्रतियोगिताको सेमिफाइनलमा अङक तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोली खेल्नेछन् ।।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।