२०८३ भाद्र १२ गते शुक्रवार

यूएईले नेपाललाई दियो १ सय १६ रनको लक्ष्य

काठमाण्डौ, ४ श्रावन ।  महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता यूएईले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको हो । नेपाल र यूएईको खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया