२०८३ भाद्र १२ गते शुक्रवार

एन्फाले महिला लिग २०२४ आयोजना गर्ने

काठमाण्डौ, ३ श्रावन ।  अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो । एन्फाले प्रतियोगिता गर्ने ठाउँको भने टुङ्गो लगाइसकेको छैन ।

प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा, बाग्मती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ । एन्फाले महिला लिगको सन् २०२४ देखि २०२६ सम्मका तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया