तुलसीपुर, ५ असार । दाङको दंगीशरण गाउँपालिका–६ मा ४५ दिने कटाई–सिकाई तालिम सम्पन्न भएको छ । गत बैशाखबाट सुरु भएको ४५ दिने आधारभुत –कटाई–सिलाई सम्बन्धि तालिमको आज एक कार्यक्रमकाबिच समापन गरिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले १४ जानलाई कटाई–सिलाई सम्बन्धि आधारभुत तालिम प्रदान गरिएको छ ।
यसबाट उनीहरुले आफ्नो लागी आवश्यक पर्ने घरायसी सामान्य कपडाहरु सिलाउन सक्ने भएका छन् । अब अर्को बर्ष एडभान्स तालिम प्रदान गरिने वडाअध्यक्ष शाहले बताउनुभयो । महिलाहरुले तालिम प्राप्त गरेपछी उनीहरुलाई स्वरोजगारसँगै आत्मनिर्भर बनाउने उदेश्यले यो तालिमको आयोजना गरिएको वडाअध्यक्ष शाहले बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।