तुलसीपुर, ३ असार । सल्यानको छत्रेश्वरीमा निर्माण गर्न लागिएको १५ सैयाको अस्पताल भवन लामो समयदेखी अलपत्र परेको छ । भवन निर्माण कार्य अलपत्र हुदा धेरै समस्या भएको स्थानियले गुनासो गरेका छन् । छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित पाखापानीमा विगत ३ बर्ष अगाडी सुरु भएको अस्पतालको भवन निर्माणको काम अहिलेसम्म पुरा हुन नसकेको स्थानिय रोमर्श केसीले जानकारी दिनुभयो । खाडल मात्रै खनेर सरिया ठाडो पारी त्यतीकै छोड्दा दुर्घटनाको जोखिम बढेको उहाँको भनाई छ । महेन्द्र मावि लेखपोखाराका प्रधानाध्यापकसमेत रहेका केसीले भवन निर्माण कार्य अलपत्र अवस्थामा छोड्दा धेरै जोखिम बढेको बताउनुभयो । केहीदिन अगाडी मात्रै भवन निर्माणका लागी खनिएको खाडलमा खसेर एउटा गोरु मरेको उहाँले बताउनुभयो । खाडल मात्रै खनेर छोड्दा नजिकको एउटा घरसमेत पहिरोको उच्च जोखिममा रहेको भन्दै कि यसलाई पुर्णता दिनुपर्ने कि भने खाडल पुरेर सम्म बनाउनुपर्ने स्थानियको माग छ ।
संघिय सरकारअन्र्तगतको काम भएकाले समस्या भयो : अध्यक्ष बस्नेत यता छत्रेश्वरी गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का वडाअध्यक्ष फौद बहादुर बस्नेतले संघिय सरकारअन्र्तगतको काम भएकाले समस्या भएको बताउनुभएको छ । संघिय सरकारअन्र्तगतको योजना भएकाले पालिकाबाट यसलाई केही गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । २०८० असार मसान्तभित्र काम सक्नेगरी २०७८ सालमा १८ करोडमा मेनका कन्स्ट्रक्सनसँग सम्झौता भएको उहाँले बताउनुभयो । प्रत्यक पालिकाहरुमा १५ सैयासम्मको एउटा अस्पताल बनाउनुपर्ने तत्कालिन सरकारको निर्णय अनुसार अस्पताल निर्माण प्रकृया अगाडी बढेको उहाँले बताउनुभयो । ठेकेदारलाई कारवाही गर्नै अधिकारसमेत पालिकालाई नभएकाले अब ठेकेदारको बाटो हेरेर बस्नुको विकल्प नरहेको उहाँले बताउनभयो । ठेकेदारलाई कारवाहीका लागी सिफारिस भने पालिकाले गर्न सक्ने उहाँको भनाई छ ।
साउन महिनाबाट जसरी भएपनि काम सुरु गर्छौ : निर्माण व्यवसायी श्रेष्ठ यता भवन निर्माणको जिम्मा लिएका मेनका कन्स्ट्रक्सनका निर्माण व्यवसायी प्रमोद श्रेष्ठले भने अब साउनदेखी काम सुरु गर्ने बताउनुभएको छ । बजेट अभावले गर्दा काम रोकिएको भन्दै उहाँले अब साउनबाट जसरी भएपनि काम सुरु गर्ने बताउनुभएको हो । अगाडी काम गरेको भुक्तानी नपाएकाले समस्या भएको उहाँको भनाई छ । अब माथीबाट बजेट आएपनि नआएपनि काम सुरु गर्ने र अर्को असार मसान्तसम्म सम्पन्न गर्ने उहाँले दाबी गर्नुभयो ।।
जोखिममा रहेको घर





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।