२०८३ भाद्र २५ गते बिहिवार

दंगीशरण–६ को लेटारमा १ सय ८० मिटर पक्की कुलो निर्माण

तुलसीपुर, ३ असार ।  दाङको दंगीशरण गाउँपालिका-६ स्थित लेटारमा १ सय ८० मिटर पक्की कुलो निर्माण गरिएको छ । एन्लासे नेपालको आर्थीक सहयोग तथा स्थानियको श्रमदानमार्फत १ सय ८० मिटर पक्कि कुलो निर्माण गरिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार गिट्टी, बालुवा, सिमेन्ट, सरियालगाएतका आवश्यक सामाग्री एन्लासे नेपालले उपलब्ध गराएको र लेबर मिस्त्री खर्चको ४० प्रतिशत ब्यहोरेको उहाँले बताउनुभयो । ६० प्रतिशत भने स्थानियले नै श्रमदान गरेको वडाअध्यक्ष शाहले बताउनुभयो । विगतमा कच्ची कुलो हुदा मर्मत गरिराख्नुपर्ने बाध्यता रहेकोमा अब पक्की कुलो बनेसँगै धेरै सहज हुने अपेक्षा गरिएको स्थानिय बासिन्दाहरुले बताएका छन् ।

आज एक कार्यक्रमकाबिच कुलो समापन कार्यक्रम समेत गरिएको छ । कुलो निर्माण समितिका अध्यक्ष सुरेश नेपालीको अध्यक्षता तथा वडाअध्यक्ष शाहको प्रमुख आथित्यतामा समापन कार्यक्रम गरिएको हो । कार्यक्रममा एन्लासे नेपालका प्रतिनिधि, वडा सदस्य, स्थानियलगाएतको सहभागिता रहेको थियो । एन्लासे नेपालले वडा नम्बर ६ मा विभिन्न समयमा सहयोग गर्दै आएको छ । सो अवसरमा वडा कार्यालयले  सराहनिय काम गरेको भन्दै एन्लासे नेपाललाई प्रशंसापत्रसमेत प्रदान गरेको छ ।।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।