तुलसीपुर, २४ जेठ । दाङको दंगीशरणमा सडक मर्मत गर्न थालिएको छ । पोटली चोकदेखी–हेकुली–बैंबाङ हुदै मायाखोलासम्मको सडकमा बिचबिचमा पालोपत्रे उत्रिएपछी मर्मत गर्न थालिएको हो । गाउँपालिकाको बजेटमार्फत सडक मर्मत अर्थात कालोपत्रे उत्रिएका खाल्टाखुल्टी पुर्ने काम अगाडी बढाइएको पालिकाका शव–इन्जिनियर जिवराज गिरीले जानकारी दिनुभयो ।
भ्याटसहित ६ लाख ९७ हजार बजेटबाट कोटेसनमा भैरव निर्माण सेवाले मर्मतको कामको जिम्मा लिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सडकको बिच–बिचमा पालापत्रे उत्रेर भएका खाल्टाहरु पुरेर कालोपत्रे गरी सम्याउने काम भइरहेको छ । अबको २/४ दिनमै काम सम्पन्न हुने पालिकाले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।